दार्चुला । नेकपा (एमाले) ले आइतबार (आज) मालिकार्जुन गाउँपालिकामा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । मालिकार्जुन गाउँकमिटीद्वारा आयोजित बडादशैं, दिपावली, नेपाल संम्बद र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा मालिकार्जुन गाउँकमिटी अध्यक्ष चक्र सिंह धामीको अध्यक्षता तथा एमाले पोलिटब्युरो सदस्य, दार्चुला इन्चार्ज तथा पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य हरदेब जोशी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य गणेश सिंह धामी, प्रदेश कमिटी सदस्यहरू मोहन सिंह धामी, प्रेमसिंह धामी, हिरा सिंह धामी, जिल्ला कमिटी उपाध्यक्ष परमानन्द जोशी लगायत जिल्ला र पालिका स्तरीय नेता कार्यकर्ताहरूको आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्नाले पार्टी संगठन सुदृढीकरण र शुद्धीकरणको काममा सबैले निरन्तर लाग्नुपर्ने र प्रतेक वडामा कम्तीमा ६ प्रतिशत मतदातालाई पार्टीमा अगुवा कार्यकर्ताको रूपमा जोडदै एकल बहुमत कायम राख्न कार्यकर्तालाई निर्देशन दिनुभयो । सुखी नेपाली, समृद्ध नेपाल निर्माणका लागि एमालेलाई एकल बहुमत जनताले दिनुपर्ने उहाँको भनाइ छ । पार्टी संगठन निर्माण र एमालेको नीति कार्यान्वयनका सन्दर्भमा नेता ठगुन्नाले जनप्रतिनिधि र कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
यस्तै मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले पालिकाले गरिरहेका कामबारे जानकारी दिदै जनमुखी र विकास निर्माणका कामहरू गरिरहेको बताउनुभयो । अगामी दिनमा श्रमजीवी जनताको पक्षमा थप योजना कार्यक्रम लागू गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्ने सबै वक्ता र सहभागीहरूले चाडपर्वहरूको शुभकामना सन्देश व्यक्त गर्दै पार्टी कमिटी र पार्टीबाट निर्वाचित जनप्रतिनिधि मिलेर कार्यकर्ता र जनताका समस्या समाधान गर्न अझै थप समन्वय र सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिएका छन् ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया