दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा प्रहरीले तीन लाख मूल्य बराबरको भन्सार छलीको समान सहित दुई जनालाई प्रकाउ गरेको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर –४ बांगाबगडका दुई पसलहरुबाट भन्सार छलीको समान बरामद गरिएको हो ।
आइतवार (हिजो) वेलुकी जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बंगाबगडस्थित बिर बहादुर बोहराको बिएम जनरल स्टोर र करन सिंह ठगुन्नाको किराना पसलबाट तीन लाख मूल्य बराबरको बिल नभएको, भन्सार छलीको समान बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बिएम जनरल स्टोरबाट २ लाख ५० हजार मूल्य बराबरको चिनी, पिठो, तेल, चप्पल लगायतका समान र ठगुन्नाको किराना पसलबाट ५० हजार मूल्य बराबरको चिनी, तेल बरामद गरिएको उहाले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुर रावतको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त पसलका गोदाममा छापा हानेको थियो । भन्सार छलीको समानसहित पसलका सञ्चालकहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । भन्सार छलीको समान कार्वाहीको लागी दार्चुला भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया