लेकम गाउँपालिकाको प्रशासकीय भवनको ९० प्रतिशत निर्माण कार्य सम्पन्न

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाको  निर्माणधिन प्रशासकीय भवनको ९० प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । २०७९ साल श्रावण महिनामा (भ्याटसहित) ५ करोड १० लाख ६४ हजार ३३२ रुपैयाँ बजेटमा जागृती निर्माण सेवाले २०८१ मंसिर भित्र निर्माण कार्य सक्ने गरि प्रशासकीय भवन निर्माणको सम्झैता गरेको थियो ।

हाल भवनको निर्माण कार्य अन्तिम चरणमा आइपुगेको र मंसिर भित्रै पालिकालाई हस्तान्तरण गर्ने गरि निर्माणकार्य भइरहेको निर्माण व्यवसायी पुष्कर रोकायाले जानकारी दिनुभयो ।

हालै भवनको वाईरिङको काम सम्पन्न भएको र अहिले फिनिसिङको काम भइरहेको व्यवसायी रोकायाले बताउनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?