दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा नेकपा (माओवादी) ले जिल्लाब्यापी रुपमा चाडपर्वहरुको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम कार्तिक ४ गते (हिजो) दुहुँ गाउँपालिकाबाट  सुरू गरेको छ ।

नेकपा माओवादी दुहुँ गाउँकमिटीको आयोजनमा (हिजो) हिकिला स्थित सहिद स्मृती भवनमा दशैँ, तिहार, छठ तथा नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । दुहुँ गाउँकमिटी कार्यवाहक अध्यक्ष दलबहादुर बमको अध्यक्षता रहेको कार्यक्रममा माओवादी केन्द्रिय सदस्य एंव जिल्ला ईन्चार्ज संविधानसभा सदस्य लक्ष्मण दत्त जोशीको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै केन्द्रिय सदस्य एंव प्रदेश सभा सदस्य ललित सिंह ठगुन्ना, प्रदेश सभा सदस्य मानबहादुर धामी लगायत नेता कार्यकर्ताहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै दार्चुला ईन्चार्ज एंव सविधान सभा सदस्य लक्ष्मण दत्त जोशीले विपक्षी दलहरुले भ्रम सिर्जना गर्ने बाहेक अन्य काम नगर्ने दावी गर्दै १० वर्षे जनयुद्धको जगमा स्थापित संघिय लोकतान्तिक गणतन्त्र नेपालको रक्षा गर्न जनता जागरुप हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले चाडपर्वहरुको शुभकामना ब्यक्त गर्दै दुहुँ ५ मा मंसिरमा हुने वडा अध्यक्ष पदको निर्वाचनामा आफनो पार्टीलाई जिताउन प्रतिवद्धता सहित उम्मेदवार तयार पार्न निर्देशन दिइएको छ ।आज ब्याँस गाउँपालिकामा कार्यकर्ता भेटघाट कार्यक्रम सञ्चालन भइरहेको नेकपा माओवादीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?