दुर्गादत्त मिश्र, दार्चुला । उद्योग वाणिज्य संघ दार्चुलाले व्यापारीले भन्सार काटेरै भित्र्याएको समान प्रहरीले अवैध भन्दै छापा मारेर बरामत गरेको विरोधमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा ताला लगाएको छ । प्रहरीले भन्सार काटेरै ल्याएको समान पटकपटक बरामत गर्दै आएपछी आफुहरुले विरोध स्वरुप पुल बन्द गरेको उद्योग वाणिज्य संघ दार्चुलाका कार्यवाहक अध्यक्ष विशनसिंह बोहराका जानकारी दिनुभयो ।

प्रहरीले राती ९ बजे पशल बन्द गराउदै हिडने गरेको र १० बजे आएर छापा मार्ने कार्य गर्ने गरेको भन्दै स्थानीय व्यापारीहरुले बिरोध स्वरुप पुलमा ताला लगाएको कार्यवाहक अध्यक्ष बोहराले बताउनुभयो । प्रहरीले हिजो मात्रै दार्चुलाका दुई पशलहरुबाट तीन लाख बराबरको भन्सार छलीको समान सहित दुई जना व्यापारीहरुलाई प्रकाउ गरेको थियो ।

यता प्रहरीले भने भन्सार छली गरेर ल्याएकै समान बरामत गरेको दावी गरेको छ । नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा तालाबन्दी गरेपछि आवतजावत ठप्प बनेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?