दार्चुला । अपिहिमाल गाउँपालिका-२ दैभातमा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । पूर्वमन्त्री तथा नेकपा एमाले पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्ना नेतृत्वको टोलीलाई दैभातमा अपिहिमालबासीले भव्य स्वागत गरेका छन् ।

दमाहा लगायत बाजागाजा, छलिया नाँच र स्थानीय परम्परा अनुसार स्थानीयले अतिथिको भव्य स्वागत गरेका हुन् । यहाँको संस्कृति मात्रै हैन, भूगोल, अतुलनीय अनुपम सौन्दर्य, प्राकृतिक सम्पदा, यहाँ बसोबास गर्ने रैथाने मानिस र तीनका भाषा, भेषभुषा, खानपिन आदिका कारणबाट दैभात पदयात्राका लागि अत्यन्त उपयुक्त स्थलको रुपमा रहेको छ। दैभातमा सांस्कृतिक कार्यक्रम, स्व. मोहनसिंह धामी स्मृति खुला भलिबल प्रतियोगिता र एमालेको चाडपर्व लक्षित शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट र प्राकृतिक सौन्दर्यताको अवलोकन गर्ने लगायत कार्यक्रम छन् । आज सांस्कृतिक कार्यक्रम सुरू भएको छ भने भोलि भलिबल र शुभकामना आदानप्रदान कार्यक्रम उद्घाटन हुनेछ ।

दार्चुलाको अपि नाम्पा संरक्षण क्षेत्रभित्र गुँरास हिमश्रृखलामा सुदूरपश्चिमकै अग्लो (७१३२) मिटर उचाइको अपि हिमाल लगायत धेरै सम्पदा छन् । अपि क्षेत्रकै करिब २८०० मिटर उचाइमा रहेको दैभात गाउँ पुग्न मकरीगाडसम्म गाडीमा र मकरीगाडबाट छ घण्टा बढी दैभात उकालो चढेर यो गाउँमा पुगिन्छ । बाटोभरी विश्राम गर्दै दैभात पुग्दा मन उमंगित भएको पदयात्रा गरि दैभात पुग्नेहरूको प्रतिक्रिया छ । प्रकृति र संस्कृतिप्रेमी सबैले एकपटक पुग्नैपर्ने गाउँ दैभातको यात्रा अविस्मरणीय बनिरहहेको पूर्वमन्त्री ठगुन्नाले बताउनुभयो । अपिहिमाल गाउँपालिका २ मा पर्ने यो गाउँ सुरूमा साविक सितोला र पछि घुसा गाबिस अन्तरगत थियो । पशुपालन बढी हुने र दही भात बढी खाइने भएकोले गाउकै नाम दैभात राखिएको बताइन्छ । यो गाउँको पुरानो नाम लामागुरू हो ।

अतिथि सत्कार र पर्यटन प्रतिको स्थानीय उत्साहले यस क्षेत्रमा पर्यटन विकासको सुनौलो भविष्यको समेत देखिन्छ। दैभातको बारेमा थप जानकारीसहितको भिडियो लोकदर्पण टिभी फेसबुक पेजमा हेर्न सक्नुहुनेछ ।https://www.facebook.com/share/v/G1gBF3WHa1HJEwqz/

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?