एमालेद्वारा अपिहिमाल र मार्मामा शुभकामना आदानप्रदान र कार्यकर्ता भेटघाट

दार्चुला । नेकपा (एमाले) ले मंगलबार (आज) अपिहिमाल र मार्मा गाउँपालिकामा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । अपिहिमाल गाउँपालिका-२ दैभातमा अपिहिमाल गाउँकमिटीद्वारा आज विहान र मार्माको लटिनाथमा मार्मा गाउँपालिका कमिटीद्वारा बेलुकी आयोजित बडादशैं, दिपावली, नेपाल संम्बद र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।

दैभातमा सम्पन्न कार्यक्रममा अपिहिमाल गाउँपालिका कमिटी अध्यक्ष धर्मानन्द मन्यालको अध्यक्षता र लटिनाथमा आयोजित कार्यक्रममा मार्मा गाउँपालिका कमिटी अध्यक्ष पुष्कर सिंह बिष्टको अध्यक्षता रहेको थियो । दुईवटै कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य, दार्चुला इन्चार्ज तथा पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य हरदेब जोशीको विशिष्ट आतिथ्यता, प्रदेश कमिटी सदस्यहरू देबसिंह महरा, प्रेमसिंह धामी, कृष्ण सिंह धामी, उमेश सिंह खत्री, जिल्ला कमिटी उपसचिव कर्णबहादुर खडायत, कमला पन्त बिष्ट लगायत जिल्ला र पालिका स्तरीय नेता कार्यकर्ताहरूको आतिथ्यता रहेको थियो ।

सोमबार मकरीगाडबाट सात घण्टाको उकालो चढेर दैभात पुगेको पूर्वमन्त्री ठगुन्ना नेतृत्वको टोलीले स्व. मोहन सिंह धामी स्मृति सांस्कृतिक तथा खुल्ला भलिबल प्रतियोगिता उद्घाटन र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेर मंगलबार (आज) मार्मा प्रस्थान गरेको थियो । दैभातबाट विहान १० बजे हिडेको टोली बेलुकी ४ बजे लटिनाथ पुगेर शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो ।

शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्ने सबै अतिथि वक्ता र सहभागीहरूले चाडपर्वहरूको शुभकामना सन्देश व्यक्त गर्दै पार्टी कमिटी र पार्टीबाट निर्वाचित जनप्रतिनिधि मिलेर कार्यकर्ता र जनताका समस्या समाधान गर्न अझै थप समन्वय र सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिएका छन् ।

एमालेले कार्तिक १ गते दुहुँ गाउँपालिकाबाट सुरू गरेको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम अहिलेसम्म छ वटा पालिकामा सम्पन्न भइसकेको छ । कार्तिक ७ गते नौगाड गाउँपालिका, ८ गते शैल्यशिखर नगरपालिका र ९ गते लेकम गाउँपालिकामा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गर्ने एमाले दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?