दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाका तीन वटा वडाहरुमा सामाजिक सुरक्षा भत्ता शिविर सम्पन्न भएको छ । शिविरबाट तीन वटा वडाका ४३२ जनाले वडास्तरबाट सामाजिक सुरक्षा भत्ता पाप्त गरेका छन् । हालसम्म वडा नम्बर दुई, तीन र चारमा गरी  कुल ४३२ जनाले सेवा लिएका छन् । गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कार्तिक ४ गते वडा नम्बर ३ लालीबाट शिविर सुरु भएको थियो ।

जसअन्र्तरगत वडा नम्बर तीनमा ६० जना महिला र ३४ जना पुरुष गरि कुल ९४ जना लाभग्राहीहरुलाई वडास्तरबाटै  सेवा दिइएको थियो ।  यस्तै कार्तिक ५ गते हिजो वडा नम्बर ४ खरकडामा ५७ जना पुरुष र ७८ जना महिला गरि १३५ जना लाभग्राहीले सेवा लिएका थिए ।

आज वडा नम्बर २ कुणीमा पनी सामाजिक सुरक्षा भत्ता शिविर सम्पन्न भएको छ । वडा अध्यक्ष शिव राज जोशी, वडा सदस्यहरु, पालिकाका शाखागत कर्मचारी, सुरक्षाकर्मी, स्थानीय एंव सरोकारवालाहरुको उपस्थितिमा १०१ जना महिला र १०२ जना पुरुष गरी कुल २०३ जनाले सेवा लिएको गाउँपालिका एम आइ एस अपरेटर प्रकाश राज बिष्टले जानकारी दिनुभयो ।

यस्तै भोली वडा नम्बर ६ उचाकोटमा र पर्शी वडा नम्बर १ सर्मोलीमा शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । वडा नम्बर ५ को हकमा भने लक्ष्मी सर्नराइज बैंक नजिकै रहेकाले बैंकबाट सेवा दिईने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?