दार्चुलाको टिकंरमा अध्यागमन कार्यालय खोल्ने निर्णय

दार्चुला । नेपाल सरकारले दार्चुलाको व्याँस गाउँपालिका–१ टिंंकरमा अध्यागमन कार्यालय खोल्ने निर्णय गरेको छ । कार्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सीमा प्रशासन कार्यालय व्याँस छाङ्गरु दार्चुला खारेज गरी टिंकरमा अध्यागमन खोल्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार टिंकरमा अध्यागमन तथा सीमा प्रशासन कार्यालय स्थापना गर्न संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय भएको छ भने छाङ्गरुको सीमा प्रशासन कार्यालय खारेज हुने भएको छ ।

सीमा प्रशासन कार्यालयबाट व्याँस गाउँपालिका–१ छाङ्गरु र तिंकर जान बहुयात्रा अनुमति पत्र (पास) दिने गरिएको छ । यद्धपी यो कार्यालय छाङ्गरुमा हुनुपर्नेमा जिल्ला सदरमुकामबाटै सेवा दिदै आएको छ ।

व्याँस गाउँपालिका–१ टिंंकरमा सरकारले अध्यागमन कार्यालय खोल्न लागेको खबरले जिल्लाबासी खुसी भएका छन् । अध्यागमन कार्यालयले जिल्लाको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?