माओवादी केन्द्र दार्चुला पालिकास्तरीय कार्यक्रममा व्यस्त, शनिवार मार्मामा बैठक सम्पन्न

दार्चुला । नेकपा (माओवादी केन्द्र) दार्चुलाले जिल्लाभरी पालिका स्तरीय शुभकामना आदानप्रदान कार्यक्रम गरिरहेको छ । माओवादीले दुहुँबाट सुरू गरेको एक दिने पालिकास्तरीय भेटघाट, बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम व्याँस, महाकाली, मालिकार्जुन, लेकम, शैल्यशिखरमा सम्पन्न भएको छ ।

शनिबार (आज) नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मार्मा गाउँपालिका कमिटीको वैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । मार्मा गाउँकमिटी अध्यक्ष नर बहादुर बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका दार्चुला जिल्ला ईन्चार्ज लक्ष्मण दत्त जाेशीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै केन्द्रीय कमिटी सदस्यहरू ललित सिह ठगुन्ना, मान बहादुर धामी, जमन सिह धामी, जिल्ला संयाेजक पदम राज पन्त, जिल्ला सचिव बिनाेद कुवँर, प्रदेश कमिटी सदस्यहरू राम दत्त जाेशी, कल्यान सिह धामी, पान सिह धामी, धिरेन्द्र धामी लगायत नेताहरूको आतिथ्यता रहेको थियो ।

बैठकमा दशै, तिहार, छठ लगायत चाडपर्वहरूको शुभकामना आदानप्रदान गर्नुका साथै पार्टी कमिटी सुदृढीकरणका विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?