नेपाल प्रिमियर लिग क्रिकेटमा आज प्लेअफका दुई वटा खेल हुँदै

दार्चुला । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज प्लेअफका दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानको कर्णाली याक्स खेल्नेछन् । यो खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ ।

यस्तै आजको दोस्रो खेल दिउँसो १ बजे शीर्ष स्थानको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्सबीच हुनेछ । यो खेलको विजेता सीधै फाइनलमा पुग्नेछ भने हार्ने टोलीले प्लेअफको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।

दोस्रो क्वालिफायर खेल भोलि दिउँसो १२ बजे हुनेछ । यो खेलको विजेता फाइनलमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?