दार्चुला । १९ वर्षमुनिको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल र हङकङले आज दोस्रो खेल खेल्दैछन् । मूलपानी क्रिकेट मैदानमा खेल बिहान पौने ९ बजे शुरू हुने छ । यसअघिको पहिलो खेलमा नेपालले हङकङलाई ३ विकेटले हराएको थियो ।

आजको खेल जितेमा नेपालले शृङ्खला जित्नेछ । शृङ्खला जोगाइराख्न हङकङको टोलीलाई आजको खेल जित्नुपर्ने दबाब छ । नेपाल र हङकङबीचको तेस्रो एकदिवसीय खेल पर्सि शुक्रवार हुनेछ ।

१९ वर्षमुनिको विश्वकप एशिया छनोटको तयारीका लागि नेपाल र हङकङबीच यो शृङ्खला भइरहेको हो । विश्वकप एशिया छनोट आउने वर्षको अप्रिलमा काठमाण्डौमा हुनेछ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?