दार्चुला । नेपाल टेलिकमको लोगो प्रयोग गरी सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भइरहेको भन्दै कम्पनीले सचेत रहन आग्रह गरेको छ ।

टेलिकमले विज्ञप्ति निकालेर ‘नेपाल टेलिकमले क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पाँच हजार रूपैयाँ नगद तथा उपहारको व्यवस्था गरेको’ भनेर फेसबुक ग्रुप र मेसेन्जरजस्ता सामाजिक सञ्जालमार्फत गरिएको प्रचार झुटो भएको जनाएको छ ।

टेलिकमले यस्ता सूचना गलत भएको भन्दै आधिकारिक जानकारीका लागि कम्पनीको ब्लु टिकसहितको फेसबुक पेज, एक्स (ट्विटर) र आधिकारिक वेबसाइट मात्र आधार मानेर कम्पनीका सेवाबारेमा अद्यावधिक हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?