दार्चुलामा किशोरीहरुलाई आत्मारक्षा तालिम दिइदै

दार्चुला । दार्चुलाका दुई वटा विद्यालयका किशोरीहरुलाई आत्मारक्षा तालिम दिइदैछ ।

सामाजिक विकास कार्यालय दार्चुलाको आयोजनामा जिल्ला सदरमुकाम स्थित महेन्द्र नमुना मावि खलंगा र छन्ना तिंकरी कन्या मावि का दुई सय किशोरीहरुको लागि दुई दिने आत्मारक्षा सम्बन्धि तालिम सञ्चालन गरिएको सामाजिक विकास कार्यालय दार्चुलाका कार्यालय प्रमुख रामचन्द्र ओझाले जानकारी दिनुभयो ।

कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अनुसार महेन्द्र नमुना मावि खलंगाका १०० जना किशोरीहरुलाई पुष ३ गते (हिजो) र आज आत्मारक्षा तालिम दिइएको उहाले बताउनुभयो ।

यस्तै पुष ५ र ६ गते छन्ना तिंकरी कन्या माविका किशोरीहरुलाई तालिम दिइने बताइएको छ ।

किशोरीहरुमाथी हुन सक्ने सम्भावित हिंसा तथा दुर्व्यवहारविरुद्ध प्रतिकार गर्न सकुन भनेर तालिम सञ्चालन गरिएको बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?