दार्चुला । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न निर्देशन दिनुभएको छ ।

प्रहरी प्रमुख आईजीपी वसन्तबहादुर कुँवरलाई बोलाएर रवि लामिछानेको तस्वीर सार्वजनिक भएको विषयमा छानबिन गरेर सार्वजनिक गर्ने जोसुकै भए पनि कारबारी गर्न निर्देशन दिनुभएको हो । आईजीपी कुँवरले यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको पनि बताउनुभएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्वीर लामिछानेकै भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी स्रोतले जनाएको छ ।

कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको भनिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।

रास्वपाका कार्यकर्ता र समर्थकले नै सार्वजनिक गरेको तस्वीरमा लामिछानेजस्तै मान्छे सुतिरहेको देख्न सकिन्छ । रास्वपाका समर्थक र कार्यकर्ताले यो फोटो प्रहरीबाटै बाहिरिएको आरोप लगाउँदै ‘कुन उद्देश्यमा यो फोटो बाहिर लगियोः यसको जवाफ प्रहरीले दिनुपर्छ’ भन्दै आक्रोश व्यक्त गरेका छन् ।

तर रास्वपा समर्थक डाक्टर निकोलस भुसालले तस्वीर आफूले खिचेको दाबी गर्नुभएको छ । उहाँले फेसबुक लाइभमा आएर, आफूले कुनै गलत नियतले नभई सफा नियतले फोटो खिचेको बताउनुभएको हो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?