दार्चुलाका एक किशोर २५ दिनदेखी बेपत्ता

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा १५ वर्षीय एक किशोर विगत २५ दिनदेखी बेपत्ता भएका छन् ।

जिल्लाको लेकम गाउँपालिका–४ ओडिगाउँका १५ वर्षीय अम्मर गिरी मंसिर १५ गते शनिवार दिउँसोबाट बेपत्ता भएको उहाका आमा माया गिरीले जानकारी दिनुभयो ।उक्त किशोर मालिकार्जुन गाउँपालिकाको देवधुरा बजारमा मोबाईल चार्ज गर्न जान्छु भनी घरबाट गएको र हालसम्म पनी अवस्था अज्ञात रहेको उहाले बताउनुभयो ।

घरबाट बच्चा हराएको २५ दिन बित्दा समेत कुनै खबर नआए पछी आफन्त चिन्तित बनेको छन् । उक्त किशोरलार्ई कसैले भेटेमा ९८६८७१९२७५ अथवा नजिकैको प्रहरी चौकिमा खबर गरिदिन आफन्तले अनुरोध गरेका छन् ।

बेपत्ता किशोर लेकमको लटिनाथ नमुना मावि चौपातामा कक्षा ९ मा अध्ययनरत रहेका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?