दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ पुर्ण बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।

वडा अध्यक्ष मदन सिंह धामीको अध्यक्षता एंव दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको प्रमुख आतिथ्यतामा मंगलवार वडा नम्बर ३ पुर्ण बालविवाहमुक्त वडा घोषणा गरिएको मालिकार्जुन गाउँपालिका महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख आरती शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा मालिकार्जुन गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामी, महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख आरती शर्मा महिला अधिकारकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्थानीय बुद्दिजीवी लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

गाउँपालिकाको वडा नम्बर २ र ६ लाई गत बर्ष नै बालविवाह मुक्त वडा घोषणा गरिएको थियो भने यस बर्ष वडा नम्बर १, ३ र ८ लाई बालविवाह मुक्त वडा घोषणा गर्न लागिएको शाखा प्रमुख शार्मले बताउनुभयो । गाउँपालिकाको वडा नम्बर ४ र ७ लाई अगामी बर्ष बालविवाह मुक्त वडा घोषणा गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?