चमेलिया –कुणी लिप्टिङ खानेपानीको काम अन्तिम चरणमा

दुर्गादत्त मिश्र, दार्चुला । चमेलिया –कुणी कुश्काणा लिप्टिङ खानेपानीको काम अन्तिम चरणमा आइपुगेको छ ।

२०७९ पुष महिनामा १२ करोड बजेटमा धुलीखेल एलवी एण्ड जेभी कम्पनीले निर्माणको जिम्मा पाएको लिप्टिङ खानेपानीको काम अन्तिम चरणमा आईपुगेको निर्माण कम्पनी धुलीखेल एलवी एण्ड जेभीका प्रतिनिधी दिल बहादुर बमले जानकारी दिनुभयो ।

६ वटा लिप्ट सिस्टममा गरी आज प्राविधिक परीक्षणको रुपमा ठुम्क्यालेक डाडामा पानी चढाइएको र एक–दुई दिनपछी निरन्तर ट्याकीहरुबाट खानेपानी बितरण हुने उहाले बताउनुभयो । उक्त खानेपानीबाट ८ सय बढी धरधुरी लाभाम्वित हुने छन् । आजै कुणी देखी ठुम्क्यालेक सम्म अन्तिम सिप्टमा खानेपानी चढाइएको र प्राविधिक पशिक्षण सम्पन्न भएको बताइएको छ ।

खानेपानी पुगेसगै वर्षौदेखी काकाकुल भएका स्थानीयहरुमा खुशी छाएको वडा नम्बर –२ का वडा अध्यक्ष शिवराज जोशीले जानकारी दिनुभयो । खानेपानीको समस्याले ग्रसित रहेका गाउँहरुमा खानेपानीको समस्या समाधान गर्न सहयोग गर्ने सम्र्पुणमा वडा अध्यक्ष जोशीले धन्यवाद ज्ञापन गर्नुभएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?