
दार्चुला । नेकपा एमालेका पुर्व उपाध्यक्ष भिम रावलले आफुमाथी भएको कारबाही ओलीको निरंकुश, स्वेच्छाचारी र तानाशाही मनस्थितिको उपज भएको बताउनुभएको छ ।
बुधबारबसेको एमाले बैठकले नेता रावललाई पाटि बाटै निष्कासित गरेपछि सञ्चारमाध्य संग कुराकानी गर्दै नेता रावलले यस्तो बताउनुभएको हो । एमालेको अघिल्लो महाधिवेशनमा अध्यक्ष पदमा केपी ओलीसँगै लडेका एमाले नेता भीम रावल पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासिनमा परेका छन ।
सो विषयमा प्रतिक्रिया दिदै नेता रावलले आफुमाथि गरिएको कारबाही ओलीको निरंकुश, स्वेच्छाचारी, तानाशाही मनस्थितिको उपज रहेको बताउनुभएको हो । रावलले लामो समयदेखि ओलीले पार्टीको निर्णय, मूल्य र मान्यता विपरीत काम गर्दै आएको आरोप लगाउनुभयो ।
“उनी विगतमा जसका विरुद्ध लड्छु भन्थे, त्यसै वर्गसँग मिलेर जसरी भए पनि प्रधानमन्त्री खाने भन्नेमा गए । बाह्य शक्तिसँग मिलेर राष्ट्रिय शक्ति विरुद्ध जाइलागे । साम्यवादी विचार र जनताको बहुदलीय जनवादी विचारलाई तिलाञ्जली दिएर मविरुद्ध खनिए, हेर्दा पार्टीले औपचारिक बैठक बसेर गरेको जस्तो देखिए पनि त्यो मूलतः ओलीकै एकल निर्णय हो । उनी लामो समयदेखि अध्यक्षका रूपमा त्यसको नेतृत्वमा छन् । त्यसैले यो ओलीकै निर्णय हो” रावलले भन्नुभयो ।
आगामी यात्राबारे रावलले पहिले बैठकले गरेको निर्णयलाई अध्ययन र अवलोकन गरि सबैको राय बुझेर आगामी निर्णय लिने धारणा राख्नुभयो ।
बदाच एकीकृत समाजवादीमा जाने हल्ला चले पनि आफुले त्यस बारेमा कुनै धारणा उहाँले बताउनुभयो ।