दार्चुलाको मालिकार्जुनबाट ९ जना जुवाडे पक्राउ

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ बाट ९  जना जुवाडे पक्राउ परेका छन्।

मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ देवधुरामा ४० वर्षीय भुवन सिंह धामीले सञ्चालन गरेको अमन किराना तथा नास्ता पसलबाट जुवातास खेलिरहेको अवस्थामा पसल सञ्चालक धामीसहित ९ जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कान्तीराज जोशीले जानकारी दिनुभयो ।

शंकरपुर प्रहरी चौकीको प्रहरी टोलीले उनिहरुलाई प्रकाउ गरेको जोशीले बताउनुभयो । प्रकाउ पर्नेमा जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ घर भएका पसल सञ्चालक भुवन सिंह धामी, मालिकार्जुन ४ कै ५२ वर्षीय इन्द्र सिंह धामी, ४० वर्षीय भवान सिंह धामी, ३१ वर्षीय मिन सिंह धामी, ४० वर्षीय गगन सिंह धामी र ३५ वर्षीय किसन सिंह धामी रहेका छन् ।

त्यस्तै मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का ६० वर्षीय उत्तर सिंह धामी, वडा नम्बर ३ कै ५६ वर्षीय मान सिंह धामी र  वडा नम्बर ८ का ५१ वर्षीय गम्भीर सिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जोशीले बताउनुभयो ।

प्रकाउ परेकाहरुको साथबाट प्रहरी टोलीले नगद १ लाख १३ हजार ७ सय ७५ र २ बुक तासपनि बरामद गरेको उहाँले जानकारी दिनुभयो। घटनाको विषयमा थप अनुसन्धान भईरहेको दार्चुला प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?