दार्चुला । दार्चुलाका जगत सिह धामी राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा नियुक्त हुनुभएको छ । नेपाल खेलकुद महासंघ स्थायी कमिटी सदस्य समेत रहनुभएका धामी राष्ट्रिय खेलकुद परिषद्को सदस्य पदमा नियुक्त हुनुभएको हो ।
पुष ९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार धामी राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा नियुक्त हुनुभएको हो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार धामीसहित कञ्चनपुरबाट भानबहादुर चन्द, सुर्खेतबाट नन्दा बस्याल, गुल्मीबाट हिमालकुमार श्रेष्ठ, सर्लाहीबाट कमलबहादुर भट्टराई, ललितपुरबाट सुर्वण श्रेष्ठ र सप्तरीबाट आनन्दकुमार झा राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा नियुक्त हुनुभएको छ ।





प्रतिक्रिया