दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ कैनोडा (साच्चोरी) मा सुख्खा पहिरो गएको छ।
शुक्रबार राती गएको सुख्खा पहिरोले साच्चोरीमा २ वटा खानेपानीका (न्वालो) मुहानमा पुर्ण रुपमा क्षती भएको नेपाली कांग्रेस लेकम गाउँपालिका वडा नम्बर २ का वडा सभापती केशव राज जोशीले जानकारी दिनुभयो।
स्थानीय कैनोडा साच्चौरी गाउँका १२ वडा घरपरिवारले प्रयोग गर्दै आएका २ वडा खानेपानीका मुहान (न्वालो) मा पुर्ण रुपले क्षती पुगे पछी खानेपानीको समस्या भएको स्थानीय गोपाल दत्त जोशीले जानकारी दिनुभयो ।
गए राती एक्कासी गएको सुख्खा पहिरोको कारण स्थानीय गोपाल दत्त जोशीको उखु बारीमा पनि क्षती भएको उहाँले बताउनुभयो । स्थानीय १२ घरधुरीले प्रयोग गरिरहेका २ वटै खानेपानीका मुहानमा पुर्ण रुपले क्षती भए पछि करिब १ घण्टाको बाटो हिडेर खानेपानीको लागी कैनोडा मुहान जानुपर्ने बाध्यता आएको स्थानीयले जोशीले बताउनुभयो।