दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपातामा अवस्थित कुस्मावती कृषि सहकारी संस्थाको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शनिबार लेकम गाउँपालिका वडा नम्बर ५ मा रहेको लटिनाथ नमुना माध्यमिक विद्यालय चौपातामा संस्थाको १० औं साधारणसभा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा संस्थाका अध्यक्ष इश्वरी जोशीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष इश्वरी जोशीका अनुसार २०७२ बैशाख २ गते २५ जना सेयर सदस्यसहित स्थापना गरिएको उक्त सहकारी संस्थामा २०८१ असार मसान्त सम्म ७ सय ४१ जना सेयर सदस्य र १ सय जना बालबचत सदस्य गरी हाल कुल ८ सय ४१ जना सेयर सदस्य रहेका छन् ।

अध्यक्ष जोशीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार असार मसान्तसम्मको बित्तिय बचत १ करोड ८३ लाख २७ हजार ९ सय ११ रुपैयाँ रहेको छ । त्यस्तै उक्त अवधि सम्मको कुल सेयर रकम २६ लाख ६७ हजार ७ सय रुपैयाँ रहेको छ । सोही अवधिमा संस्थाले २ करोड २ लाख ९८ हजार ५ सय रुपैयाँ लगानीमा लगाएको छ । २२ लाख ८ सय ५२ रुपैयाँ बैंक खातामा जम्मा रहेको छ, भने १ लाख १४ हजार २ सय ४९ रुपैयाँ संस्थामा नगद रहेको  छ ।

हालसम्म १० हजार रुपैयाँको सेयर खरिद गरिएकोमा १ लाख ३७ हजार १ सय ६७ रुपैयाँ सम्पती रकम, १५ लाख ६१ हजार ५ सय ५० कोष हिसाब  र जिल्ला सहकारी संस्था दार्चुलामा १६ हजार रुपैयाँ बचत रहेको प्रतिवृदनमा उल्लेख गरिएको छ। संस्थामा हाल ५ सय २९ जना महिला, २ सय १२ जना पुरुष, ५६ जना बालिका र ५४ जना बालक गरी कुल ८ सय ४१ जना सेयर सदस्य रहेका छन्।

संस्थाको यस अघि बसेको बैठकले संस्थाको लेखा परीक्षकमा कर्ण बहादुर खडायत र कार्यकारणी समितिको सचिवमा लोकेन्द्र प्रशाद जोशीलाई सर्वसहमतबाट चयन गरेको अध्यक्ष जोशीले जानकारी दिनुभयो। यस्तै संस्थाका पुराना सेयर सदस्यहरु, बढी सेयर किन्ने सेयरकर्ता र समयमै ऋण बुझउने सेयर सदस्यहरुलाई सम्मान समेत गरिएको संस्थाका व्यवस्थापक अम्बिर सिंह बोहराले बताउनु भयो ।

संस्थाका अध्यक्ष इश्वरी जोशीको अध्यक्षता एंव लेकम गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बल्देब सिंह बोहराको प्रमुख आतिथ्यतामा सञ्चालन भएको साधारणसभामा सस्थाका व्यवस्थापक अम्बिर सिंह बोहरा, लटिनाथ नमुना मावि चौपाताका सहायक प्रधानाध्यापक महेश राज जोशी, मोहन देब बिष्ट सहित विभिन्न वडाका निर्वाचित जनप्रतिनिधि, सुरक्षाकर्मी, संस्थाका सदस्य, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

साधारणसभाबाट अगामी वर्षबाट सेयर सदस्यहरु बढाउने, अन्लाईन प्रणलीमा संस्थाको प्रतिवेदन सार्वजनिक गर्ने लगायतका कार्ययोजना समेत सार्वजनिक गरिएका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?