दार्चुला । नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाले जिल्लाका नौ वटै स्थानीय तहहरुमा माघ मासान्त सम्म पालिका अधिवेशन र फागुन २४ गते जिल्ला अधिवेशन आयोजना गर्ने भएको छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला समिति बैठकले जिल्लाका सम्पूर्ण स्थानीय तहहरुमा माघ मसान्त भित्र अधिवेशन गरि सक्ने निणर्य गरेको हो । त्यस्तै सो बैठकले शिक्षक संगठनको जिल्ला अधिवेशन फागुन २४ गते गर्ने निणर्य गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाका सचिव भोजसिंह धामीले जानकारी दिनुभयो ।
संगठनको विधान बमोजिम माघ मसान्तभित्र पालिका अधिवेशन गरि सक्ने र फगुन २४ गते जिल्ला अधिवेशन गर्ने निर्णय भएको सचिव धामीले जानकारी दिनुभयो । संगठनको जिल्ला समिति बैठकले जिल्लाका नौ वटै स्थानीय तहहरुमा अधिवेशन सञ्चालनको लागी जिम्मेवारी समेत बाडफाँड गरेको सचिव धामीले जानकारी दिनुभयो ।
पालिका अधिवेशनको तयारीको लागी जिल्लाका नौ वटै स्थानीय तहमा संगठनका सदस्यहरुलाई जिम्मेवारी तोकिएको छ, जसमा जिल्लाको ब्याँस गाउँपालिकामा दलिदत्त भट्टलाई जिम्मेवारी तोकिएको छ । यस्तै दुहुँ गाउँपालिकामा जगत प्रसाद अवस्थी र राम सिंह धामी, महाकाली नगरपालिकामा उदय सिंह ठगुन्ना, मालिकार्जुन गाउँपालिकामा पुष्पा जोशी र दान सिंह धामीलाई जिम्मेवारी तोकिएको उहाँले बताउनुभयो । लेकम गाउँपालिकामा केशव जोशी र हरि नाथ, शैल्यशिखर नगरपालिकामा भुवन बहादुर डागा र नारायण जोशी, नौगाड गाउँपालिकामा गोपी ठगुन्ना र जगत ठगुन्ना,मार्मा गाउँपालिकामा बसन्त जोशी र अपिहिमाल गाउँपालिकामा गोवर्धन सिंह धामी र बसन्त रोकायालाई जिम्मेवारी तोकिएको छ ।
साथै जिल्ला समिति बैठकले शिक्षक महासंघ गठनको लागी जिल्ला स्थित संगनहरुको पूर्व सहमति अनुसार गठन हुने भएमा संगठनले सहभागीता जनाउने तथा केन्द्रिय समितिको निर्णय अनुसार गठन प्रक्रिया जाने निर्णय भएको पनि सचिव धामीले बताउनुभयो ।
त्यस्तै शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा जिल्ला समिति र पालिका पदाधिकारी हरुले अनिवार्य रुपमा सहकारी सदस्यता लिनुपर्ने र सहकारीको पदाधिकारी हुनको लागी नेपाल राष्ट्रिय शिक्षक संगठनको आजिवन सदस्यता लिनुपर्ने र सहकारीको शाखा कार्यालय सदरमुकाममा राखी सम्पर्क कार्यालय नौ वटै स्थानीय तहमा राख्ने निणर्य भएको उहाँले जानकारी दिनुभयो ।