दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर–५ को आयोजनमा पुष १२ गतेबाट सञ्चालन भएको टोल स्तरिय भलिबल प्रतियोगिताको उपाधि रिठा टोल टिमले हात पारेको छ ।
वडा भित्रका नौं वटा टोलका टिमहरुको सहभागिता रहेको प्रतियोगितामा अम्कुर सी राताकाठा द्वितिय र अम्कुर ए टिम तृतीय भएको वडा सचिव दिपक धामीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय स्थान पाप्त गर्ने टिमहरुलाई क्रमसः सिल्ड, मेडल र प्रमाणपत्र सहित नगद ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको उहाँले बताउनुभयो ।





प्रतिक्रिया