दक्षिण अफ्रिका पहिलो पटक टेस्ट च्याम्पियनशिपको फाइनलमा

दार्चुला । पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा पुगेको छ । पहिलो टेस्ट क्रिकेटमा पाकिस्तानलाई २ विकेटले हराउँदै घरेलु टोली दक्षिण अफ्रिका पहिलो पटक विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा पुगेको हो ।

पाकिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य दक्षिण अफ्रिकाले पाँचौं दिनको खाना समयपछि ८ विकेट गुमाएर भेटायो । दक्षिण अफ्रिकाका कप्ता तेम्बा बभुमाले ४०, एडन मारक्रमले ३७, कागिसो रबाडाले नटआउट ३१ रन बनाए । नवौं विकेटका लागि रबाडा र मार्को यान्सेनले ५१ रनको साझेदारी गरे । पाकिस्तानका मोहम्मद अब्बासले ६ विकेट लिए ।

यसअघि सेन्चुरियनमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले पहिलो पारीमा २ सय ११ रन बनाएको थियो । यस्तै दक्षिण अफ्रिकाले पहिलो पारीमा ३ सय १ रन बनाएको थियो ।

दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पियनशिपको शीर्ष स्थानमा छ । अब विश्व टेस्ट च्याम्पियनशिपको फाइनल पुग्ने अर्को टोली अस्ट्रेलिया र भारतमध्ये एक हुनेछन् । तेस्रो संस्करणको विश्व टेस्ट च्याम्पियनशिपको फाइनल आउँदो वर्ष बेलायतको लर्ड्समा हुनेछ ।

दक्षिण अफ्रिका र पाकिस्तानबीचको दुई खेलको टेस्ट शृङ्खलाको अन्तिम खेल आउँदो शुक्रवारदेखि केप टाउनमा शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?