दार्चुला । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ किम्तडी भिरमा पहिरो खस्दा महाकाली राजमार्गको खलंगा-गोकुलेश्वर सडक खण्ड अबरुद्ध भएको छ।
सडक चौँडापार्नको लागी किम्तडी भिर कटान चलिरहेको ठाउँमा आज विहान १० बजेको समयमा सडक माथिबाट पहिरो खस्दा सडक पुर्ण रुपमा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो ।
विहान १० बजे देखी सडक अबरुद्ध हुँदा जिल्लाबाट सञ्चालित लामो तथा छोटो दुरीका सवारी सञ्चालन हुन नसकेको उहाँले बताउनुभयो । अबरुद्ध सडक खुलाउनको लागी काम भइरहेकोले भोली विहान सम्म सडक सञ्चालन हुने प्रहरी निरीक्षक जोशीले जानकारी दिनुभयो ।
सडक अबरुद्ध हुँदा मुख्य गरि दार्चुला सदरमुकामबाट सञ्चालित लामो दुरीका सवारी अबरुद्ध भएको उहाँको भनाई छ।





प्रतिक्रिया