अपिहिमालमा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्धघाटन

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धघाटन गरिएको छ ।

गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित सम्तेलीचौड खेलमैदान खात्तीमा आज एक कार्यक्रमका बिच गाउँपालिकास्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्धघाटन गरिएको अपिहिमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक एवंम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्वघाटन समारोहका कार्यक्रम सञ्चालक मदन राज जोशीले जानकारी दिनुभयो ।

प्रतियोगितामा गाउँपालिकाभित्रका ४ वटै माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगिताको पहिलो दिन आज सम्पन्न भएका खेलहरुमा महादेव माध्यमिक विद्यालय घुसा १० स्वर्ण सहित अग्र स्थानमा रहेको छ ।

प्रतियोगिताको उद्धघाटन शत्रमा गाउँपालिकाका शिक्षा अधिकृत विरेन्द्र सिह साउँदले स्वागत मन्तव्य राख्नुभएको थियो ।

अपिहिमाल गाउँपालिका सामाजिक विकास समिति संयोजक गगन सिंह कार्कीको अध्यक्षता एंव गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराको प्रमुख आतिथ्यतामा उद्धघाटन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा वडा नम्बर २ का वडा अध्यक्ष राम सिंह धामी, वडा नम्बर ५ का वडा अध्यक्ष राजेन्द्र सिंह धामी, विद्यालयहरुका प्रध्यानाध्यापकहरु, जिल्ला खेलकुद समिति प्रमुख श्याम राज अवस्थी लगायतको आतिथ्यता एंव उपस्थिति रहेको थियो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुष १७ गतेसम्म सञ्चालन हुने जोशीले बताउनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?