दार्चुला: व्यास गाउँपालिकाको एम्बुलेन्स दुर्घटना

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको छ । सोमवार राती व्याँस गाउँपालिका वडा नम्बर ३ गल्थामा सुपप्र ०१–००१ च ३८३० नम्बरको गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो । एम्बुलेन्स दुर्घटना हुँदा चालक बिरा डडाल घाईते भएका छन् ।

गल्था बस्ने एम्बुलेन्स चालक आफ्नो घर जाने बेला उक्त एम्बुलेन्स दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परेको एम्बुलेन्स पूर्ण रुपमा क्षति भएको छ । चालक डडालको जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि थप उपचार र चेकजाँचका लागि भारतको पिथौरागढ पठाइएको छ ।

एम्बुलेन्स दार्चुला-टिंकर सडकबाट करिव १ सय ५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?