अपिहिमालमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, महादेव मावि घुसा प्रथम

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । पुस १५ गतेबाट गाउँपालिकाको वडा नम्बर ४ खात्ती स्थित सम्तेलीचौड खेल मैदानमा सञ्चालन भएको रनिङ शिल्ड प्रतियोगिता आज एक ओैपचारिक कार्यक्रमका बिच भव्य रुपमा सम्पन्न भएको अपिहिमाल गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक मदनराज जोशीले जानकारी दिनुभयो ।

प्रतियोगितामा महादेव मा.वि घुसाले १६ स्वर्ण, १० रजत र २ कास्यपदक सहित प्रथम स्थान प्राप्त गरेको छ । यस्तै भवानी मा.वि. साैगन्नाले १० स्वर्ण, ६ रजत र ८ काश्यसहित द्वितीय स्थान प्राप्त गर्दा खण्डेश्वरी मा.वि. क्षेत्तीले ३ संवरण, ९ रजत र १३ स्वर्णसहित तृतीय स्थान प्राप्त गरेको छ । छिपुलकेदार मा.वि. धंकले १  स्वर्ण, ५ रजत र ७ काश्य पदक सहित सान्त्वना स्थान प्राप्त गरेको उहाँले बताउनुभयो ।

प्रतियोगिता लाई भव्य, सभ्य र साैहार्दपुर्ण वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने जनप्रतिनिधिहरु, गाउँपालिकाका कर्मचारीहरु, सम्पुर्ण विद्यालयका प्रधानाध्यापक, खेल शिक्षक, प्रतिभावान खेलाडीहरु, रेफ्रि/एम्पाएर तथा खेलाडीहरु लाई हाैसला प्रदान गर्नुहुने सम्पुर्ण दर्शक र स्थानीयबासीलाई गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ । प्रतियोगितामा गाउँपालिकाभित्रका ४ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?