दुहुँ गाउँपालिकाको १५ औं गाउँसभा सम्पन्न

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाको १५ औं गाउँसभा सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालको अध्यक्षतामा सम्पन्न गाउँसभाले विभिन्न निर्णय पारित गरेको गाउँपालिकाका सूचना अधिकारी बिरेन्द्र राज जोशीले जानकारी दिनुभयो ।

गाउँसभाबाट लेखा समितिको प्रतिवेदन र न्ययीक समितिको प्रतिवेदन पारित भएको उहाँले बताउनुभयो । लेखा समिति संयोजक देब बहादुर बमले पेश गर्नुभएको लेखा प्रतिवेदन गाउँसभाबाट पारित भएको छ । त्यस्तै न्यायीक समितिका संयोजक एंव गाउँपालिका उपाध्यक्ष शान्ती देवी बमले पेश गरेको न्यायीक समितिको प्रतिवेदन पनी १५ औं गाउँसभाबाट पारित भएको जोशीले जानकारी दिनुभयो ।

गाउँसभाबाट आर्थिक वर्ष २०८१/०८२ को बजेटमा केहि बजेट रकमान्तर गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?