दुहुँ गाउँपालिकामा पुष २६ गतेबाट रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा पुष २६ गतेबाट पालिकास्तरीय पाँचौ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ ।

दुहुँ गाउँपालिका उपाध्यक्ष शान्ती देवी बमको अध्यक्षतामा बिहिवार (आज) बसेको खेलकुद विकास समितिको बैठकले पुष २६ गतेबाट पाँचौ रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको दुहुँ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा संयोजक लोकेन्द्र बमले जानकारी दिनुभयो ।

प्रतियोगिता वडा नम्बर–३ स्थित जन विकास माध्यमिक विद्यालय बारबाँजको खेल मैदानमा सञ्चालन हुने उहाँले बताउनुभयो । रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकाभित्रका ५ वटा माध्यमिक विद्यालयको सहभागीता रहने छ ।

गाउँपालिका स्तरीय रास्ट्रपति रनिङ शिल्ड सञ्चालनको पुर्व सन्ध्यामा विद्यालय स्तरीय खेल सञ्चालनका लागि पाँचवटै विद्यालयलाई ६० हजार रुपैयाँ अनुदान सहयोग दिने निर्णय समेत गरिएको बमले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?