दार्चुला । सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको हो ।
देशभरीबाट सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षकमा ८३ जना र सशस्त्र प्रहरी जवानमा ९४१ जनाका लागि भर्ना खुलेको छ ।
यसैगरी २० जना भान्छे , कूचिकार १९ जना, सूचिकार १० जना, केशकर्तक २४ जना र चर्मकर्मी १४ जनाका लागि पनी सशस्त्र प्रहरीमा जागिरको अवसर छ ।
दरखास्त दिने म्याद पुस २४ गतेदेखि माघ २४ गतेसम्म छ । सूचनामा उल्लेख गरिए अनुसार दरखास्त फाराम भरेकाहरुको सम्पर्क मिति फागुन ६ गते तोकिएको छ ।
सशस्त्र प्रहरी निरीक्षकमा आवेदन दिएकाले सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोक काठमाडौंमा र सहायक निरीक्षकमा आवेदन दिएकाले दरखास्त फाराम दर्ता गरेका सम्बन्धित कार्यालयहरुमा, जवानहरुले परीक्षा सन्चालन हुने सम्बन्धित कार्यालयहरुमा सम्पर्क राख्नुपर्ने सूचनामा उल्लेख छ ।





प्रतिक्रिया