दार्चुला । दार्चुलाको ब्याँस गाउँपालिकामा पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

पुष १६ गतेबाट वडा नम्बर ४ स्थित सम्पाल मावि सुन्सेरामा सञ्चालन भएको प्रतियोगिता आज एक सम्पन्न औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको ब्याँस गाउँपालिका शिक्षा शाखा प्रमुख नरेन्द्र सिंह बडालले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्रका ६ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको पाचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ९ स्वर्ण, ८ रजत र ६ काश्य सहित वसन्तपुर माध्यमिक विद्यालय बसेडीले प्रथम स्थान हात पारेको छ ।

त्यस्तै ९ स्वर्ण र २ काश्य सहित सिद्ध माध्यमिक विद्यालय सिना द्वितीय र ७ स्वर्ण १२ रजत तथा ६ काश्य सहित हिमालय माध्यमिक विद्यालय हुती तृतीय भएको उहाँले बताउनुभयो ।

प्रतियोगिता लाई भव्य, सभ्य र सौहार्दपुर्ण वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने जनप्रतिनिधिहरु, गाउँपालिकाका कर्मचारीहरु, सम्पुर्ण विद्यालयका प्रधानाध्यापक, खेल शिक्षक, प्रतिभावान खेलाडीहरु, रेफ्रि – एम्पाएर तथा खेलाडीहरु लाई हौसला प्रदान गर्नुहुने सम्पुर्ण दर्शक र स्थानीयबासीलाई गाउँपालिकाले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?