दार्चुला । गोकुलेश्वर लाली सडकखण्ड अन्तरर्गत लेकम गाउँपालिका ५ मैखोली कोलु देखि वडा नम्बर ४ गुदगुदेसम्म सडक चौडा पारिने भएको छ ।
सडक चौडा पार्नको लागि गाउँपालिकाको एक करोड ५० लाख र एक करोड ५० लाख समपुरक गरी कुल तीन करोड बजेट रहेकोमा डडेल्धुराको अपि जय लक्ष्मी जेभी निर्माण कम्पनीले १ करोड ५० लाख रुपैयाँमा सडक निर्माणको सम्झैता गरेको लेकम गाउँपालिकाका इन्जिनियर केशब पालले जानकारी दिनुभयो ।
पुष २० गते (भोली) बाट उक्त सडक चौडा पर्ने काम गरिने भएकाले हाल चौडाईको सेन्टरबाट १०-१० मिटर दायाँ र बायाँ तिरको जमिन विवाद रहित तरिकाले खाली गरिदिन गाउँपालिकाले सरोकारवालाहरुलाई सूचित गरेको छ ।
गाउँपालिकाले आज एक सार्वजनिक सूचना प्रकाशन गर्दै जमिन खाली गरिदिन आग्रह गरेको हो ।





प्रतिक्रिया