दार्चुलाका १७ सडक प्रदेश गुरुयोजनामा, ४४२ किलोमिटर सडक समेटियो (विस्तृतमा)

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माणका लागि तयार गरेको गुरु योजनामा दार्चुलाका १७ वटा सडक समावेश भएका छन् । प्रदेश सरकारले प्रदेश भित्रका १६६ वटा सडक निर्माण गर्न तयार पारेको गुरुयोजनामा दार्चुलाका विभिन्न १७ वटा सडक समावेश गरिएको प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। जस अन्तरर्गत दार्चुलामा ४४२.८८ किलोमिटर सडक प्रदेश गुरुयोजनामा परेका छन् ।

दार्चुलाबाट थालिगाडा (धाप)–निसिल–बगौरा सडक खण्ड अन्तरर्गत धाप देखि बगौरा सम्मको १८. ६३ किलोमिटर सडक प्रदेश गुरुयोजना सडकमा परेको छ। टिमुरबाटा–कालागाड–तुसराडी–बनानी बासेडी –स्याकु सडक खण्ड अन्तरर्गत टिमुरबाट देखि स्याँकु सम्म ३३.२२ किलोमिटर, डल्केधार–झुस्कु–मानाकोट–बाँझ–जैझुल–खिर्काेट–एरन–गल्फई (डल्केधार–गल्फई) सडक खण्डको डेल्केधार देखि गल्फई सम्म १३.७८ मिलोमिटर सडक प्रदेश गुरुयोजनामा समावेश भएका छन् । गोकुलेश्वर–रिठाचौपाता–मैखोली-रातामाटा–खरकडा–लाली सडक खण्डको गोकुलेश्वर देखि लाली सम्म ३२ किलोमिटर, मैखोली–गराडी हस्पिटल सडक खण्डको मैखोली देखि गराडी स्वास्थ्य चौकी सम्म ११.४१ किलोमिटर, दल्लेख नागु सडक खण्डको दल्लेख देखि नागु सम्म १४.०८ किलोमिटर, थालिगाड–निसिल–पौनेखोला–भरडाखान–पंनढुङ्गा– धुलिगाडा सडक खण्डको थालिगाडा देखि धुलिगाडा सम्म २५.१९ किलोमिटर सडक, ऐरिछाना–टकना –रिठाचौपाता–सिरोडा–सर्मोली–धनथला सडक खण्डको ऐरिछाना देखि धनथला सम्म १६.८६ किलोमिटर सडक गुरुयोजनामा परेका छन् ।

यस्तै ऐरिछाना–बल्लेख–लिमा–बाकु सडक खण्डको ऐरिछाना देखि बाँकु सम्म १७.०४ किलोमिटर, ऐरिछाना–टकना–गोदाली–पाति–मानबिसा सडक खण्डको ऐरिछाना देखि मानबिसा सम्म २३.९३ किलोमिटर, भर्तोला –जोल्जीबी–सेरा सडक खण्डको भर्तोला देखि सेरा सम्मको ३६.९१ किलोमिटर सडक गुरुयोजनामा समावेश गरिएको छ । गोकुले–बन्तोली– पनेबाँज सडक खण्डको गोकुले देखि पनेबाँज सम्म १७.५८ किलोमिटर, खलगां–खार–देथला–पारिबगर–खंडेश्वरी–सडक खण्डको खलंगा देखि खंडेश्वरी सम्म ९४.९३ किलोमिटर, मालिकार्जुन–भगवती–थाप्ला–दत्तु सडक खण्डको मालिकार्जुन देखि दत्तु सम्म २६. ७४ किलोमिटर, शंकरपुर–हुनैनाथ–सलेती सडक खण्डको शंकरपुर देखि सलेति सम्म १३.१२ किलोमिटर, शंकरपुर जोलजिवि सडक खण्डको शंकरपुर देखि जोलजिवि सम्म १४.६८ किलोमिटर र तपोवन–निम्ठा–मुराइ–होपरीगाड सडक खण्डको तपोवन देखि होपरीगाड सम्म ३२.०९ किलोमिटर गरि कुल १७ सडक खण्डको ४४२ दशमलव ८८ किलोमिटर सडक प्रदेश गुरुयोजना सडकमा समावेश गरिएको हो ।

प्रदेश गुरुयोजनामा परेका सडक खण्डलाई प्रदेश लोकमार्ग र प्रदेश सहायक राजमार्गको नाम दिइएको छ। मन्त्रालयले गुरुयोजना अन्तर्गत छनौट गरेका यि सडक प्रदेश सरकारबाट स्वीकृत गरेर राजपत्रमा प्रकाशित गरी पाँच देखि १० वर्षमा प्राथमिकताका आधारमा निर्माण गरिसक्ने लक्ष्य लिएको भौतिक पुर्वाधार मन्त्री सुरेन्द्र पालले बताउनुभयो ।

प्रदेशको सडक गुरूयोजनामा बैतडीमा ७१२ किलोमिटर बराबरका २६, बझाङमा ६४८ किलोमिटरका १९, डोटीमा ६१७ किलोमिटरका १५, कैलाली ५५६ किलोमिटरका २३, बाजुरामा ४८९ किलोमिटरका २०, डडेल्धुरामा ४७९ किलोमिटरका १३, दार्चुलामा ४४२ किलोमिटरका १७ र कञ्चनपुरमा २७९ किलोमिटरका १४ योजना परेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?