दार्चुला । दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ५ अंम्कुरका ८६ वर्षीय गगन सिंह बोहराको भीरबाट लडेर मृत्यु भएको हो ।
शनिवार साझ दाउरा लिन भनी गएका बोहराको बाँजाधार भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको लेकम गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बल्देव सिंह बोहराले जानकारी दिनुभयो ।
भीरबाट लडेर १ सय ५० मिटर तल खसेका बोहराको घट्ना स्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । गाउँका मेहनती, मिलनसार व्यक्तिको निधन हुँदा आज श्री भगवती आधारभूत विद्यालयमा शोक बिदा दिइने वडाअध्यक्ष बोहराले जानकारी दिनुभयो ।





प्रतिक्रिया