दार्चुला । भारतलाई हराउँदै अष्ट्रेलिया विश्व टेस्ट क्रिकेट च्याम्पियनसीपको फाइनलमा पुगेको छ । आज सिड्नीमा सकिएको पाँचौ टेस्टमा घरेलु टोलीसँग भारत छ विकेटले पराजित भयो । यो जीतसँगै अष्ट्रेलिया आउँदो जुनमा इंग्ल्यान्डमा हुने विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुगेको हो । यसअघि दक्षिण अफ्रिका फाइनलमा पुगिसकेको छ ।

भारतले दिएको एक सय ६२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४ विकेट गुमाएर भेटायो । अष्ट्रेलियाका उस्मान ख्वाजाले सबैभन्दा धेरै ४१ रन बनाए । यस्तै बेयु वेबस्टर ३९ र ट्राभिस हेड ३४ रनमा अविजित रहे । भारतका प्रसिद्ध कृष्णले तीन र महोम्मद सिराजले एक विकेट लिए ।

पाँच खेलको शृङखला अष्ट्रेलियाले ३–१ ले जितेको हो । तेस्रो टेस्ट बराबरीमा सकिएको थियो । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पुग्ने आशा जीवितै राख्न भारतलाई पाँचौ टेस्ट जित्नैपर्ने थियो । अस्ट्रेलियाले जीतसँगै बोर्डर गावास्कर ट्रफी आफ्नो पक्षमा पारेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?