दार्चुला । दार्चुलामा २० ओटा खरको थुप्रोमा आगलागी भएको छ । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर १ बिणका ४० वर्षीय पिताम्बर भट्टको १२ वटा खरको थुप्रो र ५० वर्षीय दुर्गादत्त भट्टको ८ वटा खरको थुप्रो गरी २० वटा खरको थुप्रोमा आगलागी भएको हो ।
खरका थुप्रो संगै काठको ५० वटा कडीमा समेत आगलागी भएको छ । सोमबार राति आगलागी हुँदा करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएकोे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी कान्ती राज जोशीले जानकारी दिनुभयो ।