दार्चुलाको दुहुँमा २० ओटा खरको थुप्रोमा आगलागी

दार्चुला । दार्चुलामा २० ओटा खरको थुप्रोमा आगलागी भएको छ । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्बर १ बिणका ४० वर्षीय पिताम्बर भट्टको १२ वटा खरको थुप्रो र ५० वर्षीय दुर्गादत्त भट्टको ८ वटा खरको थुप्रो गरी २० वटा खरको थुप्रोमा आगलागी भएको हो ।

खरका थुप्रो संगै काठको ५० वटा कडीमा समेत आगलागी भएको छ । सोमबार राति आगलागी हुँदा करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएकोे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी कान्ती राज जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?