दार्चुलाको व्याँसमा चितुवाको आक्रमणबाट एक महिला घाइते

दार्चुला । दार्चुलामा चितुवाको आक्रमणबाट एक महिला घाइते हुनुभएको छ । जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर २ दुम्लिङ चौराहस्थित घट्टेखोलामा शनिबार विहान घास काट्ने क्रममा चितुवाले आक्रमण गर्दा सोही ठाउँ बस्ने प्रेम सिंह ठगुन्नाकी श्रीमती ३५ वर्षीया लक्ष्मी ठगुन्ना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी कान्ती राज जोशीले जानकारी दिनुभयो ।

घाइते महिलाको जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचार पछि रेविज विरुद्धको खोप लगाउन कैलाली रेफर गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?