पश्चिमी क्षेत्रको मौसम बदली : हल्का वर्षा र उच्च क्षेत्रमा हिमपातको सम्भावना

दार्चुला ।आज देशको पश्चिमी क्षेत्रमा मौसम बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार गएरातिदेखि पश्चिम नेपालका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी क्षेत्रको माथिल्लो भागबाट बदली शुरु भएको र यो फैलिने क्रममा छ ।

आज दिउँसोपछि मध्य तथा पूर्वी नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि बदली हुने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिनुभयो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बागमती र गण्डकीका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज मधेस प्रदेशबाहेकका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । मौसमविद् महर्जनका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण मौसम बदली भएको हो । महाशाखाले देशका उच्च पहाडी तथा हिमाली धेरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।

यो प्रणाली केही दिनअघि भएको बदली जस्तै देखिने भए पनि ठूलो पानी पार्ने सम्भावना छैन । भोलिदेखि मौसममा सुधार हुने मौसमविद्को अनुमान छ । तराईका कतिपय क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो कायमै छ । देशभर चिसो बढेकाले जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?