दार्चुलामा बस र जिप एकआपसमा ठोक्किए

दार्चुला । दार्चुलामा बस र जिप एकआपसमा ठोक्किएका छन् ।

विहिबार विहान ९ः३० बजेको समयमा मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ थकतोलीमा महेन्द्रनगरबाट सदरमुकाम  जाँदै गरेको ना ८ ख ६१३१ नम्बरको बस र सदरमुकामबाट गोकुलेश्वर जाँदै गरेको से १ ज १११० नम्बरको जिप एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी कान्ती राज जोशीले जानकारी दिनुभयो ।

दुर्घटनामा मानवीय क्षति नभएको र जिपमा समान्य क्षति भएको उहाँले बताउनुभयो ।

 

तस्वीर  :मातृभूमि युवा क्लब, सेलिचामा

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?