जय ट्रफी एलिट कप क्रिकेटको उपाधि पुलिस क्लबलाई

दार्चुला । त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै नेपाल पुलिस क्लबले जय ट्रफी एलिट कप क्रिकेटको उपाधि जितेको छ ।

फाइनल खेलमा पुलिसले दिएको १ सय ३ रनको लक्ष्य पछ्याएको आर्मी तेस्रो दिन खाना समयपछि ७४ रनमा अलआउट भयो । आर्मीका इमरान शेखले २८ तथा कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन बनाए । आर्मीका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पुलिसका सागर ढकालले ६ र ललित राजवंशीले ४ विकेट लिए ।

पुलिसले दोस्रो पारीमा १ सय ३९ रन बनाएको थियो । दोस्रो पारीमा पुलिसका कुशल भुर्तेलले ४५, दिलिप नाथले ३४ रन बनाए । आर्मीका शाहब आलम र बसिर अहमदले ५र५ विकेट लिए ।

यसअघि वीरगञ्जमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले पहिलो पारीमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको थियो । यस्तै आर्मीले पहिलो पारीमा १ सय ७० रन बनाएको थियो ।

प्रतियोगितामा आर्मी, पुलिससहित बाग्मती र मधेश प्रदेश गरी चार वटा टोली सहभागी थिए । पुलिस शीर्ष स्थानमा र आर्मी दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?