दार्चुलाको दुहुँमा एक पुरुष मृत फेला

दार्चुला । दार्चुलामा एक जना पुरुष मृत फेला परेका छन्। जिल्लाको दुहुँ गाउँपालिकामा वडा नम्बर ५ सुतखोला, थाममा दुहुँ  गाउँपालिका वडा नम्बर २ हिकिला घर भएका ४६ वर्षिय हर्क सिंह बडाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कान्तीराज जोशीले जानकारी दिनुभयो ।

विहिबार घरबाट “सदरमुकाम खलंगा जान्छुु” भनेर हिडेका बडाल शनिबार दिउँसो मृत फेला परेको उहाँले जानकारी दिनुभयो ।

शव भेटिएको ठाउँको प्रकृति हेर्दा भिरबाट लडेको हुन सक्ने आशंका गरिएको छ। घटना स्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली गएको र थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?