दार्चुला । इरानलाई हराउँदै नेपाली पुरुष टोली पनि खो–खो विश्वकपको फाइनलमा पुगेको छ । भारतको नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी स्टेडियममा आज भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई ७२–२० ले हरायो । अब नेपालले आजै हुने भारत र दक्षिण अफिकाबीचको विजेतासँग फाइनल खेल्नेछ ।

यसअघिको खेलमा नेपालको महिला टोलीले युगान्डालाई ८९–१८ ले हराउँदै खो–खो विश्वकपको फाइनलमा पुगिसकेको छ । हिजो भएको खेलमा पुरुष टोलीले बङ्गलादेशलाई ६७–१८ ले हराएर अन्तिम चारमा पुगेको थियो । नेपाली पुरुष टोलीले समूह चरणको पहिलो खेलमा भारतसँग हारे पनि दोस्रो खेलमा पेरु, तेस्रो खेलमा ब्राजिल र चौथो खेलमा भुटानलाई हराएको थियो ।

नेपाली महिला टोलीले हिजो भएको क्वाटरफाइनल खेलमा इरानलाई हराउँदै नेपाली टोली सेमिफाइनलमा पुगेको थियो । यस्तै समूह चरणमा पनि नेपाल अपराजित हुँदै शीर्ष स्थानमा रहेर क्वाटरफाइनलमा पुगेको थियो ।

नेपाली महिला टोलीले समूह चरणमा पहिलो खेलमा भुटान, दोस्रो खेलमा जर्मनी, तेस्रो खेलमा श्रीलङ्का र चौथो खेलमा बङ्गलादेशलाई हराएको थियो । नेपाली महिला टोलीले अब आजै हुने भारत र दक्षिण अफ्रिकाबीचको विजेतासँग फाइनल खेल्नेछ ।

प्रतियोगिताअन्तर्गत महिला र पुरुष दुवैतर्फका फाइनल खेल भोलि हुनेछन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?