महाकाली लोकमार्ग व्यवस्थित रुपमा मर्मत र सञ्चालन गर्न माग

दार्चुला । महाकाली लोकमार्ग अन्तरगत दार्चुलाको खलंगा-किम्तडी क्षेत्रमा सडक निर्माणको क्रममा नागरिकको जनजीवन र आवतजावत प्रभावित भएको भन्दै व्यवस्थित तरिकाले सडक मर्मत र सञ्चालन गर्न माग गरिएको छ।

नागरिक समाज दार्चुला र मानव अधिकार रक्षक सञ्चाल दार्चुलाले व्यवस्थित तरिकाले सडक निर्माण नगरिएकोले नागरिकलाई समस्या भएको भन्दै सडक मर्मत र सञ्चालन व्यवस्थित गर्न माग गरेका हुन ।

एक महिना अघि देखि किम्तडीको ठण्याकाडा क्षेत्रमा सडक चौडा पार्ने काम भइरहेको छ । सडक चौडा पार्ने क्रममा खसेको पहिरो गत पुस महिनामा एक हप्ता भन्दा बढी समय सडक पुर्ण रुपमा अबरुद्ध भएको थियो । सडक अबरुद्ध हुँदा सदरमुकाम क्षेत्रका विद्यालय बन्द गर्नुपरेको र विद्यार्थी, बिरामी, अतिआवश्यक कामले जिल्ला सदरमुकाम आवतजावत गर्ने नागरिक समस्यामा परेका थिए । सडक मर्मत कार्य व्यवस्थित गर्न नसक्दा महान्यायाधिवक्ता र दुई जना पुर्व मन्त्रीहरुको जिल्ला भ्रमण समेत प्रभावित भएको जनाइएको छ।

नागरिक समाज दार्चुलाका संयोजक महेशराज भट्ट र मानव अधिकार रक्षक सञ्जाल दार्चुलाका संयोजक शंकर सिंह धामीद्धारा हस्ताक्षरित विज्ञप्तीमा सरोकारवालाहरु बिच आवश्यक छलफल र समन्वय गरि यातायात सञ्चालनमा समस्या नहुने गरि मर्मत कार्य गर्न आग्रह गरिएको छ।

सडक खण्डको निर्माण कार्य सम्पन्न गराउने समय सिमा निर्धारण गर्नुपर्ने, कति दिन भित्र वा हप्ता भित्र वा महिना भित्र उक्त क्षेत्रको सडक चौडा बनाउने कार्य सम्पन्न गर्न सकिन्छ ? समय सिमा निर्धारण गर्नुपर्ने माग गरिएको छ। त्यस्तै सडक चौडा बनाउने कार्यमा स्काइभेटर मेसिन प्रयोग भइरहेकोमा सडकको दुबै छेउ तर्फ सुरक्षा निग्रानीको लागी रातो झन्डा सहित एक एक जना मान्छे खटाउनु पर्ने, सडक चौडा बनाउने कार्य राती र दिउँसोको समयमा भइरहेकोले निश्चित समय तालिका निर्धारण गरेर यातायात अबरुद्ध हुने र सञ्चालन हुने प्रष्ट तालिका सहितको विवरण सार्वजनिक जानकारीमा ल्याउनुपर्ने र सोहि समय तालिका अनुसार सडक निर्माणको कार्य गर्नुपर्ने, आकस्मिक अवस्थामा १० देखि १५ मिनेट भित्रै सडक खुलाउन सकिने व्यवस्था गनुपर्ने नागरिक समाज दार्चुला र मानव अधिकार रक्षक सञ्जाल दार्चुलाले माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?