भारतको निर्वाचनलाई लक्षित गरी दार्चुला स्थित सीमा नाका बन्द हुने

दार्चुला । भारतको तहसील मुख्यालय धारचूला अन्तर्गत हुन गइरहेको स्थानीय निकाय सामान्य निर्वाचनलाई लक्षित गरी मंगलबार साँझ ५ बजे देखि नेपाल–भारत जोड्ने खलंगा स्थित सिमा नाका बन्द हुने भएको छ।

माघ १० गते हुने निर्वाचनलाई लक्षित गरि ४८ घण्टाको लागी खंलगा स्थित नाका बन्द हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

माघ ८ गते साँझ ५ बजे देखि माघ १० गते मतदान प्रक्रिया समाप्त नहुँदा सम्म जिल्ला सदरमुकाम खंलगा स्थित दार्चुला-धारचूला जोड्ने झोलुङ्गे पुल बन्द हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिनुभयो ।

 

 

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?