मार्मा गाउँपालिका र खाद्यान्न संस्थानबिच खाद्यान आपुर्ति र खरिद बिक्री गर्न सम्झौता

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड काठमाडौँ बिच खाद्यान्न आपूर्ति तथा उत्पादन खरिद बिक्री व्यवस्थापनको लागी सम्झौता भएको छ ।

गाउँपालिकामा सहज, सुलभ र नियमित रूपमा खाद्यान्न उपलब्ध गराउने तथा गाउँपालिकाका कृषकले उत्पादन गरेका रैथाने कृषिजन्य उत्पादनलाई बजारिकरण गर्ने उदेश्यले गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच सम्झौता भएको हो । गाउँपालिकामा सहज, सुलभ र नियमित रुपमा खाद्यान आपुर्ति गर्ने र गाउँपालिमा उत्पादन भएका रैथाने खाद्यजन्य उत्पादन खरिद बिक्रीको सम्झौता भएको गाउँपालिका अध्यक्ष जमन सिंह धामीले बताउनुभयो ।

सम्झौतामा गाउँपालिकामा उत्पादन भएको खाद्यजन्य बस्तु गाउँपालिकाले संकलन गरेर एकमुष्ट रुपमा संस्थालाई बुझाउने र गाउँपालिकामा अभाव रहेको खाद्यान सामग्री संस्थानले उपलब्ध गराउने सम्झौता भएको अध्यक्ष धामीले जानकारी दिनुभयो । गाउँपालिका र कम्पनी बिच दुर्गम क्षेत्रका जनतालाई सहज-सुलभ र नियमित रूपमा खाद्यान्न उपलब्ध गराउन मार्मा गाउँपालिकामा नेपाल खाद्यको बिक्री तथा खरिद कक्ष स्थापना गर्ने सम्झौता भएको गाउँपालिका अध्यक्ष धामीले जानकारी दिनुभयो ।

त्यस्तै खाद्यान्नको सङ्कलन, मौजदात व्यवस्थापन, ढुवानी, बिक्री तथा बजारीकरण प्रभावकारी बनाउन सहकार्य गर्ने, विद्यालयरुमा सञ्चालनमा रहेको दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित बनाउन र स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीहरूको सङ्कलन, बजारीकरण र बिक्रीको सुनिश्चितताका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहकार्य तथा सहजीकरण गर्ने सम्झौता भएको उहाँले बताउनुभयो ।

गाउँपालिका र कम्पनीबिच भएको सम्झौतामा खाद्यान्नको ढुवानी र दैनिक बिक्री व्यवस्थापन, गाउँपालिकामा स्थापना हुने कार्यालयमा जनशक्ति व्यवस्थापन तथा कम्प्युटर बिलिङ प्रणाली सञ्चालनकोे कम्पनी स्वयमले गर्ने गरि सम्झौता भएको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो ।

त्यस्तै स्थानीय तहले संकलन गरेका रैथाने बालीहरूको खरिद र बजारीकरणको काम तथा नेपाल खाद्यको बिक्री तथा खरिद कक्षमा आवश्यक पर्ने खाद्यान्नको नियमित आपूर्तिको सुनिश्चितता पनि कम्पनीले नै गर्ने सम्झौता भएको छ। त्यस्तै गरि गोदाम, विद्युत र बिक्री कक्षको व्यवस्थापन, स्थानीय स्तरमा उत्पादन हुने रैथाने बालीहरूको सङ्कलन, खाद्यान्न मौजदात व्यवस्थापनको अनुगमन र निगरानी गाउँपालिकाले गर्ने गरि सम्झौता भएको अध्यक्ष धामीले बताउनुभयो ।

त्यस्तै गाउँपालिकाले स्थानीय कृषक र उत्पादकहरूलाई प्रोत्साहन अनुदान तथा आवश्यक तालिमको व्यवस्था र विद्यालय दिवा खाजा सञ्चालनमा सहजीकरण गर्ने गरि सम्झौता भएको अध्यक्ष धामीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?