दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड काठमाडौँ बिच खाद्यान्न आपूर्ति तथा उत्पादन खरिद बिक्रि व्यवस्थापनको लागी सम्झौता भएको छ ।
गाउँपालिकामा सहज, सुलभ र नियमित रूपमा खाद्यान्न उपलब्ध गराउने तथा गाउँपालिकाका कृषकले उत्पादन गरेका रैथाने कृषिजन्य उत्पादनलाई बजारिकरण गर्ने उदेश्यले गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच सम्झौता भएको हो ।
गाउँपालिकामा सहज, सुलभ र नियमित रुपमा खाद्यान आपुर्ति गर्ने र गाउँपालिमा उत्पादन भएका रैथाने खाद्यजन्य उत्पादन खरिद बिक्रिको सम्झौता भएको गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले बताउनुभयो ।
सम्झौतामा गाउँपालिकामा उत्पादन भएको खाद्यजन्य बस्तु गाउँपालिकाले संकलन गरेर संस्थालाई बुझाउने र गाउँपालिकामा अभाव रहेको खाद्यान सामग्री संस्थानले उपलब्ध गराउने लगायतका विषयमा सम्झौता भएको उहाँले बताउनुभयो ।