दार्चुला । दार्चुलाको महकाली नगरपालिका वडा नम्बर ५किम्तडी ठण्याकाठामा सडक चौडा पार्ने क्रममा खसेको पहिरोमा पुरिएर गम्भीर घाइते भएका स्काईभेटर (अपरेटर) चालकलाई हेलिकप्टरबाट उद्दार गर्ने तयारी भएको छ ।
शुक्रबार विहान सडक चौडा पार्ने क्रममा सडक माथिबाट खसेको पहिरोमा परि स्काइभेटर अपरेटर जाजरकोटको जुलीचादे गाउँपालिका वडा नम्बर ११ घर भएका रेशम बुढा गम्भीर घाइते हुनुभएको थियो ।
घाइते बुढाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागी हेलिकप्टर मार्फत कैलाली पठाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी हेमन्ती साउदले जानकारी दिनुभयो । घाइते चालकको उद्दारको लागी जिल्ला प्रशासन कार्यालय दार्चुलाले गृह मन्त्रालयलाई आग्रह गरेको उहाँले बताउनुभया ।
सुर्खेतबाट नेपाली सेनाको हेलिपप्टर माग गरिएको उहाँले बताउनुभयो।





प्रतिक्रिया